नियम ८
विशेष डाँक (एक्सप्रेस डेलिभरी
रजिष्ट्री नभएका हुलाक वस्तुलाई कुनै हुलाकबाट बढीमा २ दुई मिलको फैसला सम्मको क्षेत्रमा विशेष डाँकद्वारा चलान गरिने व्यवस्था गरिनेछ । विशेष डाँकको निमित्त विशेष दस्तुर र प्रत्येक हुलाक वस्तुको निमित्त नेपाल सरकारबाट तोके बमोजिम थप टिकट टाँसी चुक्ता गर्नु पर्नेछ । हुलाक वस्तुको अगाडिको भागको दाहिने कुनामा विशेष डाँक भन्ने लेखिएको हुनु पर्छ । विशेष डाँकद्वारा चलान गर्न सक्ने हुलाक वस्तुको किसिम र विशेष डाँक चलान र डेलिभरी गर्न सक्ने हुलाकको नाम र यस सम्बन्धी अन्य विषयहरू महानिर्देशकले तोकी नेपाल राजपत्रमा प्रकाशित गरिए बमोजिम हुनेछ ।